साउनको अन्तिम सोमबार : पशुपतिमा दर्शनार्थीको घुइँचो,

आज साउनको सोमबार, काठमाडौँको पशुपतिसहित देशभरका शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ ।  हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने व्रत समापन गर्दछन् । व्रत बसेका व्रतालुहरूले साउनभर हातमा हरियो चुरा र मेहन्दी लगाउने गर्दछन् । चुरा र मेहन्दी लगाएर व्रत बसेमा शिव खुसी भई आफूले चाहेको इच्छा पुरा हुने धार्मिक विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here