सबिन फुयालको हत्यारालाई कडा कार्वाहीको माग गर्दै नेबि संघ ग्रामीण र एन आर कलेज द्वारा विरोध प्रदर्शन

नेबि संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर कलेज नेपालटार (बालाजु) को आयोजनामा तारकेश्वर नगरपालिका ३ पाँचमाने निवासी सबिन फुयाल को दुर्घटना हो कि हत्या यस्को सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै विरोध प्रदर्शन भएको छ। काठमाडौं तार्केश्वर नगरपालिका वडा नम्बर तीन निवासी सबिन फुयाँलको २४ गते राती धर्मस्थली सानो बाईपास-चिसापानी सडक खण्डमा दुर्घटनामा परि ज्यान गुमाएका भनिएका मृतकको घटना अध्यनपछि वास्तबिकता खुल्न आएको छ। निर्माणसामाग्री बोक्ने ट्रकले बाईकमा सवार भएका सबिनलाई ठक्करदिदा खुट्टामा चोट आएपछि ट्रक ड्राईभर र ड्राईभरका ट्रकमा सवार ८ साथीहरुमिली घाईते सबिनलाई त्यहि नजिक रहेको बालुवाको थुप्रो नजिक तानेर ट्रकमा निर्माण सामाग्री भर्न र झार्न प्रयोग गरीने सामान “साबेल” प्रयोग गरी कुटपिट गरी घाटि रेटेर योजनाबद्द तरीकाले हत्या गरीएको खुल्न आएको छ।

घटनामा दोसी भनीएको ८ मध्य ७ फरार रहेको र एक जनालाई प्रहरीले पक्राऊ गरेको छ र सो ब्यक्तिले मैले मात्र हत्या गरेको हो भनी स्विकार गरेको अभिब्यक्ति दिएको भन्ने कुरा पिडित पक्षले बताएको छ। पिडित पक्षले घटनामा संवन्धित सबै दोशीलाई कारबाहिको माग गर्दै हिजो र आज पनि घटना स्थलवरपर धर्ना दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here