सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार र चाँदीको १० रुपैयाँले बढेको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १ हजार, तेजावी सुन १ लाख ५ सय र चाँदीको १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख, तेजावी सुन ९९ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here