नेशन्स लिगमा युक्रेनमाथि स्कल्यान्डको जित

युइएफए नेशन्स लिगअन्तर्गत समूह बी-१ को खेलमा स्कटल्यान्डले युक्रेनलाई पराजित गरेको छ।  बुधबार राति भएको खेलमा स्कल्यान्डले युक्रेनमाथि ३-० गोलको जित निकालेको हो।  स्कल्यान्डले तीनै गोल अन्तिम २० मिनेटमा गरेको थियो। खेलको ७० मिनेटमा जोन म्याकगिनले पहिलो गोल गरे। त्यसपछि लिन्डन डाइक्सले दुई गोल गरे। उनले खेलको ८० र ८७ मिनेटमा गोल गरेका थिए।  समूहमा स्कल्यान्ड ९ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको युक्रेनको ७ अंक छ। आयरल्यान्डको ४ अंक र आर्मेनियाको ३ अंक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here