घट्यो सुन चाँदीको मूल्य

काठमाडौं । बिहीबार सुन चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य ९५ हजार ९ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९५ हजार ४ सय र चाँदीको मूल्य ११ सय ९५ रुपैयाँ प्रतितोला कायम भएको छ ।बुधबार छापावाल सुनको मूल्य ९६ हजार २ सय, तेजावी सुनको मूल्य ७५ हजार ७ सय र चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँ प्रतितोला थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here