तोलामा ५ सयले घट्यो सुनको मूल्य

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९५ हजार ७ सय र चाँदीको मूल्य १२ सय १० रुपैयाँ प्रतितोला कायम छ ।मंगलबार ९६ हजार ७ सय रुपैयाँमा छापावाल, ९६ हजार २ सय रुपैयाँमा तेजावी र एक हजार २ सय २० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here